२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया सरकारको सुबिधा: नेपाली विद्यार्थीहरुले भिसा आवेदन गर्दा लाग्ने शुल्क फिर्ता पाउने



अ+ अ-

काठमाडौँ । आगामी आठ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भिसा आवेदन गर्दा लाग्ने शुल्क फिर्ता पाउने भएका छन् । साथै अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले सो जानकारी दिनुभएको हो । 

मन्त्री खाँणले केही दिनअघि नेपालका लागि अस्ट्रेलियाकी राजदुत फेलिसिटी भोल्कसँगको शिस्टाचार भेटमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको समस्यालाई आत्मसाथ गर्दै हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने वातावरण मिलाउन आग्रह गरेको बताउनुभयो । 

उहाँले आज अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा ती कुरा समावेश भएको उल्लेख गर्नुभयो ।