२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः प्रश्तावित न्यायाधीश निरौला



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा उहाँले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको हो ।

प्रश्तावित न्यायाधीश निरौलाले न्यायाधीशले न्यायका लागि काम गर्ने भएको उल्लेख गर्दै त्यसमा कुनै आग्रह वा पूर्वाग्रह नराख्ने पनि बताउनु भयो । न्याय सम्पादन गर्दा अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग नछोड्ने प्रश्तावित न्यायाधीश निरौलाको भनाई थियो ।

उहाँले भन्नुभयो, नेपालको संविधान बमोजिम स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अवधारणा तथा मूल्य,मान्यतालाई आत्मासात गर्दै छिटो, छरितो एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा म प्रतिवद्ध छु । मैले पेश गरेको न्याय प्रशासनसँग सम्बन्धित कार्ययोजना नेपालको न्याय पालिकाको पञ्च वर्षीय रणनीतिक योजना र संसदीय सुनुवाईको क्रममा सम्माननीय प्रधानन्यायाधीशज्युका पेश गर्नुभएको कार्य योजना भन्दा भिन्न छैनन् । सामुहिक भावका साथ काम गर्नुपर्ने भएकाले मैले आफ्नो क्षमता र अनुभवको आधारमा आफ्नो तर्फबाट न्यायपालिकामा दिनसक्ने अधिकतम गर्न लागि रहनेछु । न्याय सेवामा मैले निर्वाह गरेको भुमिका खुला कितावको पानाजस्तै छ । संविधान र कानूनले सुम्पिएको काम गर्दा सधैं प्रिय हुन सकिँदैन । न्यायाधीशले न्यायका लागि काम गर्ने हो । त्यसैले त्यहाँ कुनै आग्रह र पूर्वाग्रह राख्नु हुदैन भन्ने अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग मेरो जिम्मेवारी सम्पादनको क्रममा सदा स्मरणमा रहनेछन । यो सार्वभौम समितिमार्फत म संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयतापूर्वक र निष्ठापूर्वक सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रश्तावित न्यायाधीश निरौलाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन प्रविधि भित्र्याउने कुरामा पनि आफूले जोड दिने बताउनु भयो ।