८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः प्रश्तावित न्यायाधीश निरौला

निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः प्रश्तावित न्यायाधीश निरौला
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा उहाँले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको हो ।

प्रश्तावित न्यायाधीश निरौलाले न्यायाधीशले न्यायका लागि काम गर्ने भएको उल्लेख गर्दै त्यसमा कुनै आग्रह वा पूर्वाग्रह नराख्ने पनि बताउनु भयो । न्याय सम्पादन गर्दा अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग नछोड्ने प्रश्तावित न्यायाधीश निरौलाको भनाई थियो ।

उहाँले भन्नुभयो, नेपालको संविधान बमोजिम स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अवधारणा तथा मूल्य,मान्यतालाई आत्मासात गर्दै छिटो, छरितो एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा म प्रतिवद्ध छु । मैले पेश गरेको न्याय प्रशासनसँग सम्बन्धित कार्ययोजना नेपालको न्याय पालिकाको पञ्च वर्षीय रणनीतिक योजना र संसदीय सुनुवाईको क्रममा सम्माननीय प्रधानन्यायाधीशज्युका पेश गर्नुभएको कार्य योजना भन्दा भिन्न छैनन् । सामुहिक भावका साथ काम गर्नुपर्ने भएकाले मैले आफ्नो क्षमता र अनुभवको आधारमा आफ्नो तर्फबाट न्यायपालिकामा दिनसक्ने अधिकतम गर्न लागि रहनेछु । न्याय सेवामा मैले निर्वाह गरेको भुमिका खुला कितावको पानाजस्तै छ । संविधान र कानूनले सुम्पिएको काम गर्दा सधैं प्रिय हुन सकिँदैन । न्यायाधीशले न्यायका लागि काम गर्ने हो । त्यसैले त्यहाँ कुनै आग्रह र पूर्वाग्रह राख्नु हुदैन भन्ने अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग मेरो जिम्मेवारी सम्पादनको क्रममा सदा स्मरणमा रहनेछन । यो सार्वभौम समितिमार्फत म संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयतापूर्वक र निष्ठापूर्वक सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रश्तावित न्यायाधीश निरौलाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन प्रविधि भित्र्याउने कुरामा पनि आफूले जोड दिने बताउनु भयो ।