२३ कार्तिक २०८१, शुक्रबार
,
Latest
‘नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं’ टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह सहकारी रकम अपचलन प्रकरणः कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी विरुद्ध रेड नोटिस जारी बेसहाराका लागि ‘सहारा घर’ ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने पाथीभरामा केबलकार शिलान्यास विवादमा तीन घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश पाण्डे



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रश्तुत गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताउनु भयो । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताउनु भयो । प्रश्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको प्रत्याभुति सुनिश्चित गरी न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कार्यमा समर्पित रहने नै मेरो संकल्प हो । म सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएमा सो पदको कार्य सम्पादन जिम्मेवारी सम्बन्धमा मेरो कार्ययोजना र प्रतिवद्धता बुँदागत रुपमा पेश गरेको छु । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व हो । इमान्दार, निष्ठा र लगनशीलता साथ गरिने कार्यबाट यो कार्यभार र दायित्व निर्वाह गर्न सकिन्छ भन्नेकुरामा म विश्वस्त छु । यही विश्वास र संकल्पका साथ स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्ने मेरो भरपुर प्रयत्न रहनेछ । स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्यमान्यतालाई आत्मासात गर्दै संविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा न्यायिक सदविवेकको समेत प्रयोगद्वारा न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गर्ने कार्य गर्नेछु ।’

प्रश्तवित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताउनु भयो ।