८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमितको मृत्यु
अ+ अ-

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

शुक्रबार बिहान चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको मृत्यु भएको थियो भने वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको गए राति मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

कात्तिक ११ गते अस्पतालमा भर्ना भएका चितवनका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यस्तै कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका रुपन्देहीका संक्रमितमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनको पनि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।