१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

नेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा

नेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा
अ अ+ अ-

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो । 

वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको उक्त पार्टीले जनाएको छ ।  

कार्यक्रममा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागेको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिने जनाए । उक्त आयोजक समितिको संयोजक र संख्या निकट भविष्यमै सम्पुर्ण कम्युनिष्ट पार्टीहरुको बीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनको भनाई थियो ।  यसका साथै, उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे । 

नेकपा (एमाले) र नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफुहरुले नयाँ ढंगले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई थियो । बुढाथोकीले आफ्नो पार्टीको सम्मेलनको उद्देश्य सबै कम्युनिष्टहरुलाई एकै स्थानमा उपस्थित् गराउने भएको पनि जिकिर गरे । नेकपा माओवादी र क्रान्तिकारी पार्टीहरुको शक्तिको भरमा आज देश अगाडि बढेको उनको भनाई थियो । 

अहिले समय परिवर्तन भएको भन्दै अध्यक्ष बुढाथोकीले पहिला नेताले भनेको सबै कुरा जनताले विश्वास गर्ने तर अहिले प्रत्येक जनताले आफ्नो पार्टीमा भुमिका खोज्न थालेको उनले सुनाए । नेकपा (माओवादी केन्द्र) र एमाले एकता गरेर असफल भएर विभाजन भएको उनको टिप्पणी छ । 

समाजवाद आफ्नो पार्टीको लक्ष्य हो भन्दै उनले समाजवादलाई तीन चरणमा विभाजन गरेर आफ्नो पार्टीले लैजान खोजेको सुनाए । जनविद्रोहको उल्टो अवस्था अहिले रहेको उनको भनाई थियो । नेपालको राजनीति अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै बुढाथोकीले आज प्रधानमन्त्री शेरबहादुर देउवाको कारण लिपुलेक, लिपियाधुरालाई भारतले आफ्नो भनेर दाबी गर्ने हिम्मत गरेको आरोप लगाए । 

सबै नेपाली जनताको अभिभावक हुनको लागि आफु र आफ्नो पार्टी अगाडी बढेको उनले जिकिर गरे । आफ्नो पार्टी सिंगो कम्युनिष्टलाई एकिकृत बनाएर देशकै ठुलो शक्ति र ताकत हुने समेत उनले जिकिर गरे । 

कार्यक्रममा बोल्दै पार्टीका सचिव अरुण घिसिङले नेपालमा क्रान्तिकारी पार्टीहरुलाई पहिलोपटक एकजुट गर्न कम्युनिष्ट सम्मेलन गर्न लागिएको बताए ।

सबै क्रान्तिकारीहरुलाई एक ठाउँमा थुपारेर वैज्ञानिक कम्युनिष्ट सम्मेलन गर्ने उनको भनाई थियो । कम्युनिष्ट सम्मेलनमा कम्युनिष्टहरुको अवधारणा प्रस्तुत गरिने उनले जानकारी दिए ।

धेरै मानिसहरुले नेपालमा कम्युनिष्ट शासन व्यवस्था अपरिहार्य रहेको भन्दै आएको पनि उनले उल्लेख गरे । उनले कम्युनिष्ट सम्मलेनको अवधारणा आम मानिसहरुको मन–मनमा बस्ने र पुग्नेमा आफु आशावादी रहेको बताए ।