२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः मिलानसँग रियल स्तब्ध, डियाजको ह्याट्रिकमा लिभरपुलको सहज जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इटालीयन क्लब एसी मिलानले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा मिलानले रियललाई उसकै घरेलु मैदानमा ३-१ गोलले हराएको हो ।

खेलको १२ औं मिनेटमा मालिक थिअले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।

यता, ३९ औं मिनेटमा अल्भारो मोराटाले र ७३ औं मिनेटमा तिजानी रेइज्न्डर्सले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए । योसँगै ४-४ खेल खेलेका रियल र मिलानले ६-६ अंक जोड्दै तालिकाको १७ औं र १८ औं स्थानमा छन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब लिभरकुसेनलाई ४-० गोलले हरायो । लिभरपुललाई फराकिलो जित दिलाउन लुइस डियाजले ह्याट्रिक गरे भने एक गोल कोडी गाक्पोले थपे । डियाजले ६१, ८३ र ९०+२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

४ खेलमा शतप्रतिशत जित निकालेको लिभरपुल १२ अंकका साथ शीर्षस्थानमा छ । लिभरकुसेन ७ अंकका साथ ११ औं स्थानमा छ ।




भर्खरै