१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण

लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी

लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्वकप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोबल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ ।

नेपालले आईसीसी विश्व कप लिग टु अन्तर्गत अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको नेपाल र स्कटल्याण्डबीचको अन्तिम खेल रद्ध हुन पुग्यो ।

आँधीहुरीको सम्भावनाको कारण खेल रद्ध भएको हो । नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म आँधीहुरीको सम्भावना रहेको अमेरिकी मौसम विभागले जनाएको थियो । योसँगै नेपाल र स्कटल्याण्डले समान १/१ अंक बाँडेका छन् ।

नेपालले अहिलेसम्म कुल १२ खेल खेलेको छ । जसमा मात्र २ खेल जितेको छ । यो अत्यन्त खराब प्रदर्शन हो । ८ खेलमा नेपालले हार व्यहोरिसकेको छ । यो हार सङ्ख्याले पनि नेपाल लयमा नरहेको स्पष्ट पार्छ । दुई खेल रद्ध भएको छ । नेपाल मात्र ६ अंकसहित ८ टिम सहभागी लिग टुको अंक तालिकाको सातौं स्थानमा छ । आठौं स्थानमा रहेको युएईले भने नेपालले भन्दा तीन खेल कम खेलेको छ । १२ खेल सकिँदा नेपाल पहिलो पटक क्यानडासँग हारेको छ । हारको श्रृंखला निरन्तर जारी छ ।

लिग टु कप २०२४–२७ को यात्रा शुरू गर्दा नेपालले एसोसियटको शिर्ष टोली बन्ने लक्ष्य बनाएको थियो । जुन सम्भव पनि देखिएको थियो । किनकी पछिल्लो लिग टुमा १२ मध्येको ११ खेल जित्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो । यसपछि नेपालले एकपछि अर्को सफलता प्राप्त गर्यो ।

नेपालको सफलता चुचुरोमा नै पुगेको थियो । नेपालले घरेलु मैदानमा पहिलो पटक एसिसी प्रिमयर कप मात्र जितेन । दोही सफलतामा पहिलो पटक एशिया कपको लागि छनोट पनि भयो । एशिया कपमा पनि जाइन्ट राष्ट्रहरू पाकिस्तान र भारतसँग नेपालले जुन प्रदर्शन गर्यो । त्यो सराहनीय थियो । लगत्तै टी ट्वान्टी विश्व कप एसिया छनोटको फाइनलमा पुग्दै नेपालले १० वर्षपछि टी ट्वान्टी विश्व कप खेल्यो ।

यी सफलतामा नेपालको उच्च प्रदर्शनले सबैको मन जित्यो । तर यसपछि भने एकाएक नेपालको प्रदर्शन खस्किँदै गएको छ । जसको कारण लिग टुको १२ खेलमा ८ खेल हार्न पुग्यो । जित्न बिर्सेको अनि क्रिकेट खेल्न बिर्सेको जस्तै बनेको छ अहिलेको टिम । त्यसैले अब टिमको कमिकमजोरी केलाउन जरूरी छ ।

टिमभित्र केही समस्या भए सुल्झाउन ढिला भइसकेको छ । यो टिमले नतिजा दिनैपर्छ । किनकी नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमलाई पछिल्लो समय भरपुर लगानी गरेको छ । तयारीमा कुनैपनि कन्जुस्याईं गरेको छैन ।

खराब प्रदर्शनको कारण नेपाली टिमको खेल्ने शैली ट्वान्टी ट्वान्टी जस्तो छ । अनि नेपाली खेलाडीको प्रदर्शनमा एकरूपता नै छैन । अब नेपाली टिम स्वदेश फर्किए लगत्तै नेपाल प्रिमियर लिगमा व्यस्त हुनेछन् । यसपछि लिग टु २०२५ को मेमा स्कटल्याण्डमा खेल्ने तालिका रहेको छ ।