१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुँदैनः आनन्द पोखरेल

एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुँदैनः आनन्द पोखरेल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गरेका छन् । उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन रु भनेर बहस र छलफल हुनु नै दुःखद् भएको उल्लेख गरेका छन् । उनले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत गराए । 

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,“ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुन्छ ?”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे । उनले भने,“शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।”

उनले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउनेगरि वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि सुनाए । निर्वाचन आयोगले चुनावको मिति पनि तय गरिसकेको उल्लेख गर्दै त्यही मितिमा नै चुनाव गराउन सरकारसमक्ष उनको आग्रह थियो । संघीयता कार्यान्वयनको लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएको पोख्रेलको भनाई थियो । 

उनले भने,“चुनाव अपरिहार्य छ, त्यसैले निर्वाचन तत्कालै गर्नुपर्छ । चुनावमा कसले जित्छ भनेर आँकलन नगरौं । लोकतन्त्रलाई वयस्क बनाउनको लागि चुनवा अवाश्यक छ। निर्वाचन हुँदैन कि भन्ने प्रश्न नउठ्नेगरि काम गर्नुपर्छ ।”

उनले कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गरे । उनले एमाले राष्ट्रियताको लागि अनि संविधान कार्यान्वयनको लागि लडेको पार्टी भएको उल्लेख गरे । उनले एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि सुनाए । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरु सडक संघर्षमा जान बाध्य हुने पनि उनले चेतावनी दिए । 

उनले सरकारले प्रक्रियागत ढंगले चुनाव गरोस भन्ने चाहना व्यक्त गरे । उनले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै सरकारले बैशाखमै संघ र प्रदेशको निर्वाचन गर्न चाहेको हो भनेपनि त्यसको लागि आफूहरु तयार रहेको सुनाए । उनले भने,“किन यो सत्तापक्ष निर्वाचनबाट भाग्छ रु निर्वाचनसँगको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु । सडक संघर्षबाट निर्वाचनको लागि बाध्यता पार्न नपरोस ।”