२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुँदैनः आनन्द पोखरेल

एमाले बलियो छ भन्ने डरले चुनाव नै नगर्ने कुरा हुँदैनः आनन्द पोखरेल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गरेका छन् । उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन रु भनेर बहस र छलफल हुनु नै दुःखद् भएको उल्लेख गरेका छन् । उनले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत गराए । 

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,“ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुन्छ ?”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे । उनले भने,“शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।”

उनले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउनेगरि वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि सुनाए । निर्वाचन आयोगले चुनावको मिति पनि तय गरिसकेको उल्लेख गर्दै त्यही मितिमा नै चुनाव गराउन सरकारसमक्ष उनको आग्रह थियो । संघीयता कार्यान्वयनको लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएको पोख्रेलको भनाई थियो । 

उनले भने,“चुनाव अपरिहार्य छ, त्यसैले निर्वाचन तत्कालै गर्नुपर्छ । चुनावमा कसले जित्छ भनेर आँकलन नगरौं । लोकतन्त्रलाई वयस्क बनाउनको लागि चुनवा अवाश्यक छ। निर्वाचन हुँदैन कि भन्ने प्रश्न नउठ्नेगरि काम गर्नुपर्छ ।”

उनले कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गरे । उनले एमाले राष्ट्रियताको लागि अनि संविधान कार्यान्वयनको लागि लडेको पार्टी भएको उल्लेख गरे । उनले एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि सुनाए । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरु सडक संघर्षमा जान बाध्य हुने पनि उनले चेतावनी दिए । 

उनले सरकारले प्रक्रियागत ढंगले चुनाव गरोस भन्ने चाहना व्यक्त गरे । उनले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै सरकारले बैशाखमै संघ र प्रदेशको निर्वाचन गर्न चाहेको हो भनेपनि त्यसको लागि आफूहरु तयार रहेको सुनाए । उनले भने,“किन यो सत्तापक्ष निर्वाचनबाट भाग्छ रु निर्वाचनसँगको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु । सडक संघर्षबाट निर्वाचनको लागि बाध्यता पार्न नपरोस ।”