१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

महिला हिंसाका कुरा उठ्दा शक्ति केन्द्रमा बस्नेलाई सह्य हुँदैन: नीति अर्याल खनाल, समाजशास्त्री (भिडियोसहित)

महिला हिंसाका कुरा उठ्दा शक्ति केन्द्रमा बस्नेलाई सह्य हुँदैन: नीति अर्याल खनाल, समाजशास्त्री (भिडियोसहित)
अ अ+ अ-

काठमाडाैं । नाबालिगमाथिको यौनजन्य हिंसाका समाजशास्त्रीहरुले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तिनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरुले राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरुको छ । मङ्गलबार बिहान न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्याल खनालले महिला अधिकारका सम्बन्धमा समाज उदार बन्न नसकेको बताउनुभयो । कानूनी अधिकार प्रयोग गर्दै अगाडि बढेको प्रगतिशील महिलाका लागि आवश्यक वातावरण निर्माण गर्नबाट समाज पछि परेको निष्कर्ष उहाँको थियो ।

उहाँले परिर्वतन स्वीकार गरेर प्रगतिशीलतातर्फ लम्किएका महिलालाई बुझ्ने र सोहीअनुसार वातावरण तयार पार्ने दिशामा समाज अघि नबढे समाज गम्भीर दुर्घटनामा पर्ने खतरा औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आधा हिस्सा ओगटेको एउटा समूह निरन्तर हिंसाले पीडित रहन्छ । उसलाई पिँधमा पारिन्छ । ऊमाथि विभिन्न किसिमको ज्यादती गरिन्छ भने कुनै पनि हिंसाको घटनामा सहने सीमा पार गरेपछि त्यो विष्फोटका रुपमा अगाडि देखा पर्छ नै । अहिलेको समयमा महिलाले गरेको प्रतिरोध त्यसको अभिव्यक्तिका रुपमा हामीले बुझ्न सक्छौँ । किनभने महिलाहरु आत्मनिर्भर हुने क्रम जारी छ ।

संविधानप्रदत्त अधिकार, अन्तर्राष्ट्रिय मूल्य मान्यताअन्र्तगत प्राप्त गरेका नितान्त मानवअधिकारका विषयबाट फाइदा उठाउँदै महिलाहरु अगाडि बढ्ने क्रम जारी छ । काम गर्ने क्रम जारी छ तर ती प्रगतिशील महिलालाई हेर्ने दृष्टिकोण बनाउन अघि बढ्नुपर्ने गतिमा समाज अघि बढेको देखिँदैन । महिलाहरु अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ । अहिलेको द्वन्द्व भनेको यही हो । यदि हाम्रो समाज प्रगतिशील, आत्मनिर्भर महिलाहरुका लागि आवश्यक फराकिलो सोचको विकास गर्न तयार भएन भने समाज दुर्घटनामा जान्छ र त्यसकै सूचकका रुपमा हामीले देख्न सक्छौँ सम्बन्धविच्छेदका घटनाहरु बढिरहेको छ ।

विभिन्न किसिमका सामाजिक समस्याहरु बढिरहेका छन् ।” उहाँले महिलाले आफूमाथिका सबै पीडा, असमानता तथा हिंसा सहनुपर्छ भन्ने पुरानै मानसिकतामा समाज रहिरहेको दाबीसमेत गर्नुभयो । पछिल्ला दिनमा समाजमा महिला सहनशील हुनुपर्छ भन्ने समाजको अपेक्षा र महिलामाथि हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ भन्ने अवधारणबीच द्वन्द्व चर्किंदै गएको टिप्पणी उहाँले गर्नुभयो । आफ्नो सहनशीलता चिर्दै महिलाले आफूमाथि भएको हिंसाविरुद्ध न्यायको लडाइँमा उत्रिएपछि परिवार र समाजमा हलचल मच्चिने गरेको दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, “महिलाहरुले आफूले भोगेको हिंसा सहनुपर्छ भन्ने सबैभन्दा प्रमुख बुझाइ हाम्रो समाजमा रहेको पाइन्छ । महिलाले सहिदिँदा परिवार राम्रोसँग चल्छ । समाज राम्रोसँग चल्छ । जब महिलाहरुले आफूविरुद्धको हिंसा खप्न नसकेर रिपोर्ट गर्न थाल्नुहुन्छ । जब बोल्न थाल्नुहुन्छ । परिवारमा हलचल मच्चिन्छ । समुदायमा हलचल मच्चिन्छ । त्यसैले सामान्यतया हाम्रो समाजले चाहेको भनेको एउटा सहनशील नारीको व्यक्तित्व नै हो । तर आवाज उठाउनेवित्तिकै जो शक्ति केन्द्रमा छन् उनीहरुलाई त्यो सह्य हुँदैन ।”

उहाँले राज्य र समाजले उपयुक्त ढङ्गले परिवर्तनलाई आत्मसाथ गरी सहकार्य र सहयोगी हात अघि नबढाए महिलाले आफ्नो प्रजनन अधिकार प्रयोग गरी सन्तान उत्पादनमा सहयोग नगर्ने अवस्था सृजना हुने र त्यसले अन्ततः अर्थतन्त्र धान्न आवश्यक जनशक्ति राज्यसँग नहुने अवस्था सृजना हुने खतरा औँल्याउनुभयो ।

उहाँले विश्वभरिको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत घाटा महिलाविरुद्ध हुने हिंसाका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक भइरहँदा नेपालमा पनि महिलाविरुद्धका हिंसाका कारण पुगेको आर्थिक घाटाबारे अध्ययन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले महिलामाथि हुने हिंसा महिलाको निजी समस्या नभई सामाजिक र राजनीतिक मुद्दा भएकाले आउने चुनावमा राजनीतिक दलहरुले जवाफदेहिता देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “विश्वभरि नै महिलाविरुद्ध हुने हिंसामा भएका अध्ययन अनुसन्धानले एउटा महिला हिंसामा पर्दा ऊमाथि मात्रै नभई परिवार, बालबच्चा, समुदायमा पनि परेको देखिएको छ । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घले गरेको अनुसन्धानमा विश्वभरिकै कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत घाटा महिलाविरुद्ध हुने हिंसाका कारणबाट हुने रहेछ । जुन क्यानाडाको अर्थतन्त्र बराबरको हो । हाम्रो नेपालमा महिलाहरुले हिंसा बेहोर्दा कस्ता किसिमका आर्थिक घाटा बेहोरेका छौँ भन्ने कुराको अब अध्ययन अनुसन्धान गर्नु जरुरी भएको छ । यो एउटा महिलाको निजी समस्या होइन । यो सामाजिक र राजनीतिक मुद्दा हो । अब आउने चुनावमा राजनीतिक दलहरुले यसमा जवाफदेहिता देखाउनै पर्ने हुन्छ । न्याय प्राप्त गर्ने सर्भाइभरहरुले लडेको लडाइँमा पटक पटक राजनीतिक दलका कार्यकर्ताहरुले आफ्नो राजनीतिक पहुँचको प्रयोग गरेर आरोपितहरुलाई छुटाउने काम गरेका छन् । यसले हाम्रो नेपाली समाजमा जुन कानूनी शासन र कानूनी सर्वोच्चता हुनुपर्ने हो त्यसमा ठूलो दरार र समस्या पैदा गरिरहेको छ ।

अब पनि उहाँहरुका कार्यकर्ताहरुले राजनीतिक सम्बन्धको दुरुपयोग गर्दै अपराधी छुटाउने काम गर्नुहुन्छ भने यसको लेखाजोखा महिला अधिकारकर्मी, महिला राजनीतिकर्मीहरुले गर्नुपर्ने हुन्छ । त्यसैले राजनीतिक मुद्दाको रुपमा यसलाई नहेरेसम्म महिलाहरुप्रति न्याय हुँदैन ।’ उहाँले नेपाल प्रहरीले सार्वजनिक गरेको तीन वर्षे लैंगिक हिंसा अध्ययन रिपोर्टले महिलामाथि हुने हिंसाका घटनामा अधिकांश यौनजन्य हिंसा र त्यसमा पनि नाबालिगमाथिको हिंसा रहेकाले नाबालिगको सुरक्षाका लागि राज्य थप गम्भीर र संवेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले पर्याप्त अध्ययन अनुसन्धान नगरिकन हचुवाका भरमा कानून परिर्वतन गर्नुपर्छ भनेर बहस चलाउनु खेदजनक भएको टिप्पणी गर्नुभयो । “नेपाल प्रहरीले २०७४ देखि २०७७ सम्म गरेको लैगिक हिंसाको अध्ययन रिपोर्टमा अधिकांश हिंसा यौनजन्य हिंसा छन् । दर्ता भएका आठ हजार ६२७ घटनामध्ये ६२ दशमलव ८१ प्रतिशत नाबालिगहरुमाथिको यौनजन्य हिंसा छन् । ७२ प्रतिशत अभियुक्तहरु सर्भाइभरको चिनेजानेका व्यक्ति रहेका छन् । यो भनेको नेपालका लागि भयानक तथ्याङ्क हो । पर्याप्त अध्ययन अनुसन्धान नगरिकन हचुवाको भरमा कानून परिर्वतन गर्नुपर्छ भनेर बहस चलाउनु निकै नै खेदजनक छ । यसका लागि हामीले विभिन्न खालका केसस्टडी गरेर के साँच्चै नै अन्यायमा परेका व्यक्तिहरु छन् त भन्ने कुरा हेरेर मात्रै गर्नुपर्ने हुन्छ ।

अहिले एउटा मुद्दालाई अर्को मुद्दामा मिसाउने कोसिस गरिएको छ । हाम्रो समाजमा अझै पनि विभिन्न खालको डर, त्रास, प्रलोभनमा पारेर नाबालिगहरुमाथि यौनजन्य हिंसा गर्ने ठूलो समूह सक्रिय छ । हामीले ती नाबालिगको संरक्षण गर्नका लागि बनाइएको कानूनमाथि प्रश्न उठाउनु अहिलेको सन्र्दभमा गलत हुन्छ भन्ने मलाई लाग्छ । कुनै आइसोलेटेट केसलाई जोडेर निकै सङ्घर्षका साथ प्राप्त गरेको कानूनी विषयलाई हामीले सहजै यो भएन भनेर प्रश्न उठाउनु गलत हो ।

कानूनमा उल्लेखित प्रावधानहरुको पछाडि ठूलो गृहकार्य भएका छन् । यदि हामीले त्यो गलत हो भन्छौँ भने ठिक छ, तर अध्यन अनुसन्धान र तथ्यसहित अगाडि आउनुपर्यो ।” कानून गलत भयो भन्नका लागि अध्ययन अनुसन्धान र तथ्य आवश्यक पर्ने तर्क उहाँको थियो ।