चितवन । होम आइसोलसनमा बस्दै आएका दुई जना कोरोनासंक्रमितको मृत्यु भएको हो । शनिबार बिहाना पूर्वी नवलपरासीका दुई जना संक्रमित मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार जिल्लाको गैंडाकोट नगरपालिका २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको चापागाईले बताए ।











