२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागेश्वरीमा नगर तेक्वान्दो समिति गठन



अ+ अ-

काठमााडौं: महेन्द्रराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन गरिएको छ ।

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरिएको बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा चन्दु शाही र कोषाध्यक्षमा राजन थापा रहेका छन् । तृप्ति बुढाथोकी, सन्दिपजंग बस्नेत, प्रवीण श्रेष्ठ, पुष्पप्रसाद गौतम, प्रशन्न पुडासैनी, दुर्गामान तामाङ र आयुश बोहरा सदस्यमा चयन भए ।