१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

सरकार निर्वाचनको पक्षमा छ – मीन विश्वकर्मा

सरकार निर्वाचनको पक्षमा छ – मीन विश्वकर्मा
अ अ+ अ-

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्नपनि उनले आग्रह गरेका छन् । 

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितमिा कांग्रेसले निर्वाचन सम्पन्न गरेको ईतिहास छ । मुलुकमा निर्वाचन हुँदैन् कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भएपनि निर्वाचन गराएको  ईतिहास छ । मुलकुमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निश्पक्ष निर्वाचन भएको छ ।”

उनले तत्कालिन् प्रधानमन्त्री गिरिजाबाबुलाई ०६४ मा चुनाव हार्ने रिपोर्ट हुँदा पनि गिरिजाबाबुले चुनाव गराएको सुनाए । उनले भने,“उहाँले त्यतिवेला कांग्रेस हार्न सक्छ भन्नुभयो, तर मुलुक जिताउन निर्वाचन गर्छु भन्नुभएको थियो । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा गए, हामी पछि पर्यौं । तर, जनमतमा हामी ०७४ मा फष्ट भयौं । म सबैलाई सुन्नेगरि भन्न चाहन्छु कि यो सरकार निर्वाचन नै गराउनको लागि बनेको हो । हाम्रो सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई सरकारमा जान आवश्यक नै थिएन । 

पार्टीले पनि चुनावको लागि सुझाव दिएको छ । उहाँले सर्वदलीय बैठक बोलाउनुहुन्छ, तर एमाले आउँदैन् । निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौं । बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो । निर्वाचनको हकमा हामी संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ ।”

स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्ेलख गर्दै उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए । 

उनले अहिले प्रधानमन्त्री देउवाले निर्वाचन ऐन पल्टाउन थालेको उल्लेख गरे । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरेको स्मरण गराए । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने कि विगतमा जस्तो तीन चरणमा गर्ने भन्नेपनि रहेको बताए । तर, त्यतिवेला अवस्था नै त्यस्तो भएकोले तीन चरणमा निर्वाचन गर्नुपरेको थियो भन्ने उनको भनाई छ। उनले अब स्थानीय तहको एकै चरणमा अनि संघ र प्रदेशको पनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुने बताए । 

उनले निर्वाचन समयमै गर्ने शर्तमा संसद् खोल्नसमेत एमालेसमक्ष आग्रह गरे । उनले सत्ता गठबन्धनमा बाहिर हल्ला फैलाईएजस्तो निर्वाचन टार्ने कुरा नभएको पनि स्पष्ट पारे । उनले समयमै निर्वाचन गराउनको लागि सरकार उपाय खोजिरहेको सुनाए । 

एमालेले संसद् अवरोध गर्ने अनि भोलि सडकमा जाने कुरा गर्नुपनि गलत भएको विश्वकर्माको टिप्पणी छ । उनले निर्वाचन भनेको खेल भएको उल्लेख गर्दै निर्वाचनको मिति तय गर्नु र सम्पन्न गर्नु चाहीँ साझा विषय भएपनि निर्वाचनमा कसरी जाने भन्ने कुरा चाहीँ दलको आफ्नो रणनीति हुने बताए ।