५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.03

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै महँगो



अ+ अ-

काठमाडौँ । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्दि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला रु दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ९० निर्धारण भएको छ ।