२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 2.06

Humidity: 94

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताउनुभएको हो । उहाँले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताउनु भयो । उहाँले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले सकेसम्म तिहारमा विद्युत पु¥याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको बताउनु भयो ।

घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको बताउनु भयो । उहाँले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले अहिले पनि २१ सय मेगावट विद्युत उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताउनु भयो । उहाँले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुख्य गरेर यो वर्ष वर्षातको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ । तामाकोशी ४६५ मेगावट अहिले पनि आउट छ । प्रशारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिव २ सय मेगावटको आयोजनाहरु आउट छन् । करिव ७ सय मेगावटका जलविद्युत प्रणाली भन्दा बाहिर छन् । एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन । त्यसबाट राजश्व संकलनमा ठूलो घाटा भएको छ । मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । यति हुँदा पनि हामीलाई पुग्ने विद्युत उत्पादन छ ।’

‘करिव २ हजार एक सय मेगावटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ । दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ । अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावट विद्युत निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढी पहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत उत्पादन हुन्छ । तिहारको लागि विद्युत आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु ।’

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।