१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

खेलमा कन्जुस्याई नगरि लगानी गर्नुपर्छ- जनार्दन शर्मा (भिडियो सहित)

खेलमा कन्जुस्याई नगरि लगानी गर्नुपर्छ- जनार्दन शर्मा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको  हो । उहाँले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताउनु भयो ।

मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गर्नु भयो । उहाँले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताउनु भयो । उहाँले सरकारले खेलाडीको सेवा सुविधा बढाउने  विषयमा पहल गर्ने पनि बताउनु भयो । अर्थमन्त्र िशर्माले भन्नुभयो,‘ नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरि रहनु भएको छ । त्यो प्रशंसा योग्य छ । यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनु भएको छ ।

जसरी खेलाडीहरुले क्रिकेटमा गर्नु भएको मेहनत अनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरु थप्न सकेको छैन । खेलाडीले पनि मेहनत अनुसार सेवासुविधा पाउनु भएको छैन । त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ । सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन कुरामा सक्दो प्रयास गर्ने छ ।  यस विषयमा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने छ ।  विश्व कपको छनोटको लागि जाँदै हुनुहुन्छ । पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढेको छ । राष्ट्रिय तथा अन्त्र्राष्ट्रिय रुपमा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुत गर्नु भएको छ । अर्थमन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउनु भनेको छु । खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु । त्यो विषयमा खेलकुद सचिवले हेर्नु अनुरोध गर्दछु । खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नु पर्छ । खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थमन्त्रालयको सहयोग हुन्छ । नयाँ प्रशिक्षक आउनु भएको छ । उहाँ कै पालामा विश्वकपमा सहभागी भएको थियो फेरी पनि सहभागी भएर नेपालले सफता पाउने विस्वास लिएको छु ।’ 

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताउनु भयो । उहाँले क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताउनु भयो ।