२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

खेलमा कन्जुस्याई नगरि लगानी गर्नुपर्छ- जनार्दन शर्मा (भिडियो सहित)

खेलमा कन्जुस्याई नगरि लगानी गर्नुपर्छ- जनार्दन शर्मा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको  हो । उहाँले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताउनु भयो ।

मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गर्नु भयो । उहाँले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताउनु भयो । उहाँले सरकारले खेलाडीको सेवा सुविधा बढाउने  विषयमा पहल गर्ने पनि बताउनु भयो । अर्थमन्त्र िशर्माले भन्नुभयो,‘ नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरि रहनु भएको छ । त्यो प्रशंसा योग्य छ । यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनु भएको छ ।

जसरी खेलाडीहरुले क्रिकेटमा गर्नु भएको मेहनत अनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरु थप्न सकेको छैन । खेलाडीले पनि मेहनत अनुसार सेवासुविधा पाउनु भएको छैन । त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ । सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन कुरामा सक्दो प्रयास गर्ने छ ।  यस विषयमा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने छ ।  विश्व कपको छनोटको लागि जाँदै हुनुहुन्छ । पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढेको छ । राष्ट्रिय तथा अन्त्र्राष्ट्रिय रुपमा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुत गर्नु भएको छ । अर्थमन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउनु भनेको छु । खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु । त्यो विषयमा खेलकुद सचिवले हेर्नु अनुरोध गर्दछु । खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नु पर्छ । खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थमन्त्रालयको सहयोग हुन्छ । नयाँ प्रशिक्षक आउनु भएको छ । उहाँ कै पालामा विश्वकपमा सहभागी भएको थियो फेरी पनि सहभागी भएर नेपालले सफता पाउने विस्वास लिएको छु ।’ 

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताउनु भयो । उहाँले क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताउनु भयो ।