१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरोलो लाग्यो नेप्से



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३।३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७।६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ । कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ । व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४० लाख ९७ हजार ७१८ बराबरको कारोवार भयो । यस्तै नेपाल बैंक रु आठ करोड १६ लाख ९३ हजार २०५, एचाआइडिसिएल रु आठ करोड ८२ लाख ५३७, प्रभु बैंक रु सात करोड ५९ लाख ५७ हजार ९९७, ग्लोबल आइएमइ बैंक रु छ करोड ८४ लाख ३९ हजार ३०१, फष्ट माइक्रोफाइनान्स रु छ करोड ७८ लाख आठ हजार ४४९ र डिप्रोक्स लघुवित्त रु छ करोड ७६ लाख ११ हजार ४४७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा विशाल बजार कम्पनी ९.९७, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ९.९५, गुराँस लघुवित्त ९.९४, शिव श्री हाइड्रोपावर ९.६६, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.४८, समिट लघुवित्त वित्तीय संस्था ७.३९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.२७ प्रतिशतले कमाएका छन् । 

यस्तै जनरल इन्स्योरेन्स कम्पनी ३.१४, सिटिजन बैंक २.११, ग्लोबल आइएमई बैंक २.०२, बरुण हाइड्रोपावर २.०२, सप्तकोशी डेभलपमेन्ट बैंक १.७६, सिनर्जी पावर १.७२ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १.७० प्रतिशतले गुमाए ।