११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना परीक्षणको शुल्क घट्यो



अ+ अ-

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा  जनसंख्या  मन्त्रालयले दिएको जानकारी अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै, निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि दुई हजारमा निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिँदै आएको थियो ।