१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित राजदुत लम्साल र सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय निरौला/पाण्डेको संसदीय सुनुवाई १४ गते हुने



अ+ अ-

काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदुत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाई आगामी बुधवार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो ।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाई गरी उहाँहरुको सुनुवाईको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रश्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्टयाई र औचित्यतता प्रष्ट गर्न लगाउने । बेल्जियमका लागि नेपाली राजदुत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावि कार्यतालिका परिमार्जन समिति पारित गरिएको छ । समितिको अर्को बैठक यही कार्तिक १४ गते बिहान ८ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ ।’

बेल्जियमका लागि प्रस्तावित राजदुत लम्साल परराष्ट्र सचिव हुनुहुन्छ । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।