१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

स्थानीय निर्वाचनबारे प्रतिपक्ष दल र सत्तारुढ दलका नेताहरुको यस्तो भनाई (भिडियो सहित)

स्थानीय निर्वाचनबारे प्रतिपक्ष दल र सत्तारुढ दलका नेताहरुको यस्तो भनाई (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिनु भएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गर्नुभयो । नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप समेत लगाउनु भयो । उहाँले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिनु भयो ।

नेता पोखरेलले भन्नुभयो, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । त्यो दल नेकपा एमाले चुनावको पक्षमा छ । चुनाव गराउन चाहन्छ । सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२÷२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । स्थानीय लोकतन्त्र, जुन संविधान बनाइसकेपछि पहिलो पटक स्थानीय तहको निर्वाचन ग¥यौं त्यसमा हाम्रो कुठराघात हुनेछ र संघीयतालाई कार्यान्वयन गर्नको लागि पनि चुनौति रहनेछ । त्यसकारण स्थानीय सत्तालाई कमजोर बनाउने, र हिजोको विगत स्थानीय सत्ता बिहीन बनाउने जुन प्रकृति थियो । त्यो अभ्यास गरेका थियौँ । त्यो लोकतन्त्र र  जनताको जीविकालाई प्रश्न चिन्ह खडा गरेको छ, त्यो परिपाटीको अन्त्यको लागि पनि चुनाव अपरिहार्य छ । चुनाव तत्काल गर्न म आग्रह गर्न चाहन्छु । चुनाव हार्ने, जित्ने भनेर आँकलन गर्ने होइन ।

चुनाव लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । त्यसलाई कार्यान्वयन गर्नको लागि र लोकतन्त्रलाई राखिराख्नको लागि र नेपालको लोकतन्त्र कसैले हल्लाउन सक्दैन, स्थानीय जनतन्त्रलाई कसैले हल्लाउन सक्दैन, स्थानीइ सुशासनलाई कसैले कमजोर बनाउन सक्दैन भन्ने मान्यता स्थापित गर्नको लागि आउँदो दिनहरुमा निर्वाचन हुँदैन कि भन्ने प्रश्न कहिल्यै पनि नउठ्ने गरी यो सरकारले जवाफ दिएर समयमा निर्वाचन गर्नुपर्छ । यो निर्वाचन नगर्ने कुरा के हो भने कहिले काहीँ नेपाली काँग्रेसका नेता र गठबन्धनका नेताहरु भन्ने गर्नुहुन्छ, नेकपा एमाले बलियो छ । अहिले चुनाव गरेमा हामी हार्छौं । हामी अहिले पनि जनताको लोकप्रिय पार्टी हो । हामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्नेछौँ । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ । यसबाट अत्तालिएर अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ, यो षड्यन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौँ । निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । त्यसकारण स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानून, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’

यता, सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचन समयमै गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वको सरकार चुनाव गराउनकै लागि बनेको दावी समेत गर्नु भयो ।

नेता विश्वकर्माले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीका बारेमा निर्वाचन सम्बन्धमा मलाई लाग्छ, कहिल्यै शंका नगरे हुन्छ । त्यो शंका, आग्रह, पूर्वाग्रहलाई वा रणनीतिलाई नेपाली काँग्रेस र चुनावसँग जोड्नु, सान्दर्भिक इतिहासले पनि देखाउँदैन । जस्तोसुकै कठीन परिस्थितिमा पनि नेपाली काँग्रेसले निर्वाचन सम्पन्न गरेको छ । अरु दलहरुको सरकार हुँदै गर्दा निर्वाचन शंकास्पद भइसकेपछि हुने नहुने भनेर शंका व्याप्त हुँदा नेपाली काँग्रेसकै प्रधानमन्त्री बनाएर, नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्दै आएको पनि विगतको इतिहासले हामीलाई देखाएको छ । यो सरकार निर्वाचन गर्नकै लागि बनेको सरकार हो ।

नत्र शेरबहादुर देउवालाई सरकारमा जानुपर्ने कुनै आवश्यक थिएन । र त्यो बेला २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा शेरबहादुर देउवाले भन्नुभयो, काँग्रेस चुनावबाट भाग्दैन । तर यो संसद विघटन असंवैधानिक भयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नफुट्दै । ठूलो शक्ति हो भनेर दम्भ बोकेर हिँडेको बेला । तर त्यो पार्टी फुट्यो, एकपटक मात्रै फुटेन, दुईपटक फुट्यो । एउटा अदालतले फुटाइदियो । एउटा आफैँ फुटाउनु भयो । पार्टी फुटिसकेपछि अहिले नेकपा एमाले पार्टी सरकारमा छैन, त्यसका केही अंशहरु मात्रै सरकारमा छन्, त्यसको नेतृत्व नेपाली काँग्रेसले लिएको हुनाले विश्वास गर्नका लागि म आग्रह गर्दछु ।’

नेता विश्वकर्माले नेपाली काँग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको पनि बताउनु भयो ।