१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

संसदीय सुनुवाई समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

संसदीय सुनुवाई समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने
अ अ+ अ-

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तीलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । 

संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ती र राजदुत नियुक्तीलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो । त्यसका लागि समितिका सभापति लक्ष्मण लाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनु भयो । संसदीय सुनुवाई समितिले यस अघि पनि संवैधानिक निकाय मार्फत हुने नियुक्तीलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर त्यसको कार्यान्वयन नभएपछि सो विषयमा प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको पनि उहाँले बताउनु भयो । 

प्रवक्ता पाण्डेले भन्नु भयो, ‘यो सुनुवाई समितिको अव केही समय अघि देखिएको ग्यापमा आज बसेको बैठकचाँही विशेषगरी सरकारको तर्फबाट प्रस्ताव गरिने राजनीतिक नियुक्ती, संवैधानिक नियुक्त जो संसदीय सुनुवाई अनिवार्य गरिएको हुन्छ, संविधानले पनि । तिनीहरुको नियुक्ती गर्दाखेरी समावेशी र समानुपातिक हिसावले सबै वर्ग, तहका वा क्षेत्रका चाँही प्रतिनिधित्वहरु भएनन । त्यसलाई व्यवहारिक हिसावले पनि मिलाइएन । लामो समयदेखि यो कुरा भनि राखेको । 

समितिले पनि निर्देशन दिईराखेको अवस्थामा यो कार्यान्वयन हुन नसकेको अवस्थामा चाँही सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले बैठक बसेको हो । अव आजको बैठकमा चाँही विशेषगरी यो सन्दर्भमा सरकारको पुनध्यानाकर्षण गराउने र आगामी बैठकमा प्रधानमन्त्रीज्यूलाई यो सम्बन्धमा छलफल गर्नका लागि आमन्त्रण गर्नेगरी बैठक टुंगिएको अवस्था हो । र यसको मिति र समय निर्धारण संसदीय सुुनुवाई समितिको अध्यक्षलाई जिम्मा दिएर प्रधानमन्त्रीज्यूसँग समन्वय गरेर मिलाउने भन्ने तरिकाले आजको बैठकले निर्णय गरेको हो ।’

बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदुत नियुक्ती समावेशी र समानुपातिक हुने व्यवस्था गरिएपनि सरकारले सोही अनुसार गर्न नसकेको बताएका थिए ।