५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २ः अमेरिकाको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेल खेल्न लागेको नेपाल र अमेरिकाबीचको खेल अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरिसकेको छ ।

लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो । नेपालले सिरिज क्लिन स्वीप गरेकाले आत्माविश्वासका साथ टोली मैदानमा उत्रनेछ । तर, त्यसलगत्तै अमेरिका ‘ए’ सँगको खेलमा नेपाल पराजित भएपछि थप सम्यमित भएर खेल्नुपर्नेछ ।

अर्कोतर्फ जारी सिरिजको पहिलो खेलमा ‍स्कटल्याण्डसँग १० विकेटले पराजित भएसँगै आयोजक अमेरिकालाई पनि नेपालविरुद्ध जित्दै घरेलु भुमिमा महत्त्वपूर्ण अङ्क हासिल गर्नु पर्ने चुनौती रहेको छ ।

आज खेल्ने खेल लिग–२ को नवौं खेल रहेको छ । यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ । केवल तीन अङ्क मात्र छ ।

नेपाली टोलीः
रोहित पौडेल (कप्तान), कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल ।