३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २ः अमेरिकाको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेल खेल्न लागेको नेपाल र अमेरिकाबीचको खेल अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरिसकेको छ ।

लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो । नेपालले सिरिज क्लिन स्वीप गरेकाले आत्माविश्वासका साथ टोली मैदानमा उत्रनेछ । तर, त्यसलगत्तै अमेरिका ‘ए’ सँगको खेलमा नेपाल पराजित भएपछि थप सम्यमित भएर खेल्नुपर्नेछ ।

अर्कोतर्फ जारी सिरिजको पहिलो खेलमा ‍स्कटल्याण्डसँग १० विकेटले पराजित भएसँगै आयोजक अमेरिकालाई पनि नेपालविरुद्ध जित्दै घरेलु भुमिमा महत्त्वपूर्ण अङ्क हासिल गर्नु पर्ने चुनौती रहेको छ ।

आज खेल्ने खेल लिग–२ को नवौं खेल रहेको छ । यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ । केवल तीन अङ्क मात्र छ ।

नेपाली टोलीः
रोहित पौडेल (कप्तान), कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल ।