२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको गलत काम रोक्न नयाँ राजनीतिक मोर्चाः प्रभु साह



अ+ अ-

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारका गलत काम रोक्न र जनताको अधिकारको रक्षा गर्न नयाँ राजनीतिक अग्रगामी मोर्चा निर्माण गरिएको छ ।

साहले अग्रगामी मोर्चा सरकार गिराउने र बनाउने खेलका लागि मात्रै नभएको दाबी गर्दै सरकारका गलत निर्णय, भ्रष्टाचार, महँगी, कालोबजारी तथा जनतामाथि हुने अन्यायविरुद्ध राजनीतिक संघर्ष गर्न मोर्चा निर्माण गर्न लागिएको बताउनुभएको हो ।

उहाँले देशको राजनीति गलत दिशातर्फ गएकाले त्यसलाई सही बाटोमा ल्याउन नयाँ राजनीतिक शक्ति र मोर्चाको आवश्यकता परेको जिकिर गर्नुभयो ।

उहाँले महँगी र कालोबजारी बढेको, भ्रष्टाचार नियन्त्रणका नाममा समेत लुट भइरहेको तथा गरिब र सुकुम्बासीमाथि अन्याय भइरहेको आरोप लगाउनु भयो ।

यस्ता गतिविधि आफूहरूलाई स्वीकार्य नभएको भन्दै उनले सरकारविरुद्ध राजनीतिक रूपमा प्रतिरोध आवश्यक रहेको बताउनु भयो ।

साहले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले अपेक्षित परिणाम दिन नसकेको भन्दै राजनीतिक दलहरूले विगतका संघर्षको समीक्षा गर्नुपर्ने बताउनु भयो ।

उहाँले २००७ सालदेखि २०४६ सालको आन्दोलन, मधेस आन्दोलन र जनयुद्धसम्मका संघर्ष सम्झिँदै पटक–पटक आन्दोलन भए पनि जनताले त्यसको अपेक्षित प्रतिफल पाउन नसकेको बताउनु भयो । उहाँकाअनुसार आन्दोलनहरू सम्झौतामा टुंगिने र सम्झौताका विषय कार्यान्वयन नहुँदा जनताको अधिकार स्थापित हुन नसकेको हो ।

उहाँले भन्नुभयो, ‘सरकार गिराउने–बनाउने हेर्नुपर्छ, तर सरकारको अत्याचार रोक्न जरूरी छ । नेपालमा जति पनि लडाइँ भए, सबै सम्झौतामै डुबेर धोकाको शिकार भए ।’

उहाँले संघीयता, लोकतन्त्र, समानता र स्वाधीनताका लागि भएका संघर्षको उद्देश्य पूरा नभएको दाबी गर्दै अबको राजनीतिक संघर्षलाई उपलब्धिमुखी बनाउनुपर्ने बताउनु भयो ।

साहले नेपालमा लोडसेडिङ अन्त्य र विद्युत् क्षेत्रमा भएको परिवर्तनको श्रेय पूर्वऊर्जामन्त्री जनार्दन शर्मालाई दिनुपर्ने बताउनु भयो । उहाँले विभिन्न समयमा सरकारमा सहभागी भएका मन्त्रीहरूको योगदानको राजनीतिक मूल्यांकन हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल