१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

अनलाइनबाटै अदालत शुल्क तिर्न सकिने

अनलाइनबाटै अदालत शुल्क तिर्न सकिने
अ अ+ अ-

काठमाडौँ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको कामकारबाहीलाई थप पारदर्शी, चुस्त र सेवाग्राहीमैत्री बनाउन अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

शनिवार उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले अदालतका आदेश तथा फैसला अनलाइनबाटै उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार मुद्दामा भएका आदेश सोही दिन सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गर्ने काम शुरु भइसकेको छ । सर्वोच्च अदालतका हालैका फैसलाका हस्ताक्षरित प्रति स्क्यान गरी वेबसाइटमा राख्ने कामसमेत शुरु गरिएको उहाँले बताउनु भयो । एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरी लिन सकिने व्यवस्था गर्न आवश्यक नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिनुभयो ।

नियमावली संशोधनपछि सर्वोच्च वा जिल्ला अदालतका फैसला अन्य अदालतबाट समेत प्राप्त गर्न सकिने व्यवस्था हुने उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश शर्माले अदालती सुनुवाईको लाइभ स्ट्रिमिङका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको पनि बताउनु भयो । कुन प्रकृतिका मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रशारण गर्ने भन्ने विषयमा निर्देशिका तयार भइसकेको र सरोकारवालाको सुझावका आधारमा क्रमशः कार्यान्वयनमा लैजाने उहाँले बताउनु भयो ।

अदालती शुल्क भुक्तानीलाई समेत प्रविधिमैत्री बनाइएको प्रधानन्यायाधीश शर्माले जानकारी दिनुभयो । सेवाग्राहीले नगदको सट्टा विभिन्न अनलाइन माध्यमबाट अदालत शुल्क भुक्तानी गर्नसक्ने व्यवस्था शुरु गरिएको उनले बताएउनु भयो ।

उहाँले अदालतको फैसला लेखनलाई समेत प्राथमिकतामा राखिएको बताउनु भयो । सर्वोच्च अदालतले चालु वर्षलाई ‘फैसला लेखन वर्ष’का रूपमा अघि बढाएको जानकारी दिँदै शर्माले लामो समयदेखि बाँकी रहेका फैसला पहिचान गरी तयार गर्ने काम भइरहेको बताउनु भयो ।

प्रधानन्यायाधीश शर्माले न्यायालयको कामकारबाहीप्रति स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भयो । उचित माध्यमबाट अदालतको कार्यसम्पादनको समीक्षा गर्ने परिपाटीलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । तर निहित स्वार्थका लागि मनगढन्ते आधारमा न्यायालयको आलोचना गर्दा कर्तव्यनिष्ठ न्यायकर्मीको भावनामा चोट पुग्नुका साथै समग्र न्याय क्षेत्रको मर्यादा र जनविश्वासमा असर पर्न सक्ने उहाँले बताउनु भयो । उहाँले बार र बेञ्चबीच कुनै विषयमा फरक बुझाइ वा असहजता उत्पन्न भए आपसी संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानन्यायाधीश शर्माले भन्नुभयो, ‘न्याय पाउनु जनताको आधारभूत अधिकार हो । स्वतन्त्र न्यायपालिका, विधिको शासन, शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन सभ्य समाजका आधारशिला हुन् । न्यायपालिकाले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबीचको सहकार्य आवश्यक हुन्छ । बार र बेञ्चबीच कुनै विषयमा फरक बुझाइ भए आपसी संवादबाट समाधान गर्नुपर्छ । अदालतको कामकारबाहीप्रति स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई प्रोत्साहन गर्नुपर्छ । तर निहित स्वार्थका लागि मनगढन्ते आधारमा गरिने आलोचनाले न्याय क्षेत्रको मर्यादा र जनविश्वासमा असर पार्न सक्छ। यसतर्फ सबै सचेत हुनुपर्छ । न्यायपालिकालाई पारदर्शी, चुस्त र सेवाग्राहीमैत्री बनाउन विभिन्न सुधारका काम अघि बढाइएको छ । मुद्दामा भएका आदेश सोही दिन वेबसाइटमा अपलोड गर्ने कार्य शुरु गरिएको छ । अब एक अदालतबाट भएको आदेश वा फैसला अर्को अदालतबाटै प्रमाणित गरी प्राप्त गर्न सकिने व्यवस्था गर्न नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको छ । सर्वोच्च अदालतका हस्ताक्षरित फैसलाहरू स्क्यान गरी वेबसाइटमा अपलोड गर्न थालिएको छ । नियमावली संशोधनपछि जिल्ला अदालतलगायतका फैसला पनि आवश्यक प्रक्रियाबाट अन्य अदालतबाट प्राप्त गर्न सकिने व्यवस्था हुनेछ । त्यसैगरी, सुनुवाइको लाइभ स्ट्रिमिङका लागि पूर्वाधार र निर्देशिका तयार गरिएको छ । उपयुक्त मुद्दाबाट क्रमशः यसको शुरुवात गरिनेछ । अदालती शुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि शुरु गरिएको छ । फैसला लेखनलाई यस वर्ष विशेष प्राथमिकतामा राखिएको छ । पुराना बाँकी फैसलाहरू पहिचान गरी पुस मसान्तसम्म सकेसम्म टुंग्याउने र त्यसपछि कानूनले तोकेको समयभित्र फैसला तयार गरी हस्ताक्षरित प्रति वेबसाइटमा अपलोड गर्ने लक्ष्य राखिएको छ । यी सुधारका प्रयासले न्यायमा सहज पहुँच बढाउनुका साथै अदालतप्रतिको जनआस्था र विश्वास अभिवृद्धि गर्ने विश्वास लिएको छु ।’

न्याय प्राप्त गर्नु नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै शर्माले स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा शक्ति पृथकीकरण लोकतान्त्रिक राज्य व्यवस्थाका आधारभूत पक्ष भएको बताउनु भयो ।

न्यायपालिकाले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न न्यायाधीश, अदालतका कर्मचारी र कानून व्यवसायीको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ छ । अदालतका सुधारका प्रयासले न्यायमा सहज पहुँच विस्तार गर्नुका साथै न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल