२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

मास्क नलगाइ हिँड्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनद्वारा कारबाही

मास्क नलगाइ हिँड्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनद्वारा कारबाही
अ अ+ अ-

काठमाडौँ । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । 

त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताउनु भयो । उहाँले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई १०० रुपैयाँको कारबाही गरिएको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, ‘आज जिल्ला प्रशासन कार्यालयबाट नेपालभर फैलिएको कोभिड १९ को सन्दर्भमा नेपाल सरकारले जारी गरेका निर्देशिका, गृह मन्त्रायले जारी गरेका निर्देशिका बमोजिम विभिन्न मलहरु, अन्य बजार एरियाका पसलहरुमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरियो । आज विशेषतः सुन्धारा क्षेत्रमा रहेका सिभिल मल, सिटिसी मल लगायत सर्वसाधारणहरुले पनि मास्क लाए-नलाएको अवस्थाबारे अनुगमन गरियो । कलंकी क्षेत्रमा रहेको भाटभटेनी सुपरमार्केटमा पनि अनुगमन गरियो । अनुगमनको सिलसिलामा सिटी सेन्टर, सिभिल मल र भाटभटेनी सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिका बमोजिम एक पटकमा २५ जना मात्र उपस्थित भएर व्यवसाय गर्नुपर्ने सम्बन्धमा सचेत गराइयो । स्वास्थ्यका मापदण्डका विषयमा पनि सचेत गराइयो । त्यो बाहेक बजार एरियामा, सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्ने सम्बन्धमा एक किसिमको कारबाही गरियो, मास्क लगाएर नहिँड्नेलाई ऐन बमोजिमको १०० रुपैयाँ जरिबाना गरियो । यस्ता प्रकारका अनुगमन भन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ । सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक हो । सबै सचेत हुनुपर्छ, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । सबै व्यवसायी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था र सबै सर्वसाधारण नागरिकहरुले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नुपर्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गर्नुभयो ।