१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ केभिए विद्युत् प्रसारण लाइन जडान



अ+ अ-

मान्म । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभिए प्रसारण लाइन जडान गरिएको हो । 

विगतमा कालीकोटमा ११ केभिए प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घढबढ् हुँदैन् ।”

यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने प्रमुख पौडेलले बताउनुभयो । “जिल्लाको नौ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ”, उहाँले भन्नुुभयो,“अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ ।” कर्णालीका दशमध्ये अझैँ तीन जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् । 

दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रु २५ अर्बको बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पा जिल्लामा सोलार प्लान्ट जडान गरेर विद्युत्को आपूर्ति पूरा गरिनेछ”, उहाँले भन्नुभयो,“अन्य जिल्लामा विद्युत्को लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पुर्‍याइने छ ।”