२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो ।

भुटानकी देकी ल्हजोमले ५ गोल गरिन् । यस्तै पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २ तथा नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १ गोल गरे ।

यो जितसँगै भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ३ वटै खेलमा पराजय ब्यहोरको माल्दिभ्स पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा आजै यही समूहका नेपाल र श्रीलङ्का खेल्दैछन् । यो खेल अहिले बेलुकी साढे ५ बजे त्रिपुरेश्वरमा शुरू हुँदैछ ।

नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो र श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छन् । दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यसअघि समूह ‘ए’बाट बङ्गलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलको टिकट काटिसकेका छन् ।