११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध



अ+ अ-

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने विभिन्न कार्यक्रम तथा समारोहमा डिजे प्रयोग गर्न निषेध गरेको छ।

कार्यालयले मंगलबार जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाह तथा अन्य समारोह, पार्टी तथा उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि कार्यक्रममा डिजे प्रयोग नगर्न र नगराउन आग्रह गरिएको छ।

सूचनाको अवज्ञा गरी डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

कार्यालयले उक्त निर्णयको पालना गर्न सम्पूर्ण जिल्लावासीमा अनुरोधसमेत गरेको छ।