१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस



अ+ अ-

काठमाडाैँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित समेत बन्न पुगेको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । ”

मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पहिरोस्थल पर्दछ । चालीस मिटरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको हो । पहिरोले २० मिटर क्षेत्र ढाकेको छ । सफा गर्न कठिन भइरहेको छ । नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुनसक्ने बताइएको छ । रासस