१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

एमाले उपाध्यक्ष पौडेलद्वारा बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन

एमाले उपाध्यक्ष पौडेलद्वारा बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन
अ अ+ अ-

लुम्बिनी । बुटवल उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनको आज उद्घाटन भएको छ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल माध्यमबाट आज उद्घाटन गर्नुभयो । 

भवन उद्घाटन कार्यक्रममा भर्चुअलबाट सम्बोधन गर्दै पूर्वउपप्रधान पौडेलले विकासका मुद्दामा कसैले पनि राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँले रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरूकै अगुवाइमा योजनानै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफूलाई  चिन्ता लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै दललाई, सामाजिक सङ्घसंस्थालाई मेरो आग्रह छ, तिनाउ–दानव करिडोरमा अर्बौँको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ, यसले कसैलाई घाटा बनाउने छैन ।” उहाँले प्रकोपको जोखिमका रूपमा रहेका ज्योतिनगर, लक्ष्मीनगरका बस्ती, तिनाउ र दानव नदीको कटानको उच्च जोखिममा रहेका बस्ती र ठूला परियोजनाले प्रभावित हुने र विस्थापित हुने बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर, पीडितको उचित प्रबन्ध गरेर र उनीहरूको सुरिक्षत स्थानमा आवासको प्रबन्ध मिलाइने योजना रहेको जानकारी गराउनुभयो । 

नेता पौडेलले भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सबैतिरका छ लेन सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवल–नारायणगढ तथा पश्चिम जाने सडकको स्तरोन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका निर्माणाधीन दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकामा हाल १९ वटा वडा रहेको र भविष्यमा विस्तार गरेर महानगर बनाउने र अझ बृहत् बुटवलको परिकल्पनालाई साकार पार्ने दीर्घकालीन सोचका साथ नयाँ आधुनिक भवन निर्माण गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । तीन बिघा क्षेत्रफलमा अन्डरग्राउण्ड पार्किङ, अपाङ्गमैत्री संरचना, आपत्कालीनद्वार र संरचना, लिफ्ट र सेवाग्राही सहायता कक्षसहितका उपयुक्त संरचनासहित आधुनिक भवन निर्माण गरिएको छ । 

समारोह स्थलमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लिला गिरी, भोजप्रसाद श्रेष्ठ राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, सांसद तुलसीप्रसाद चौधरी, उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले शिलालेख र आदिमानव रामापिथेकशको प्रतिमा अनावरण गर्नुभएको थियो । 

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताउनुभयो । पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । 

विसं २०१६ मा स्थापना भएको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासकीय भवन भूकम्पले क्षतिग्रस्त छ । भवनका अधिकांश कार्यकक्षहरूमा भूकम्पले क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने अवस्था छ । यसैले नयाँ भवन निर्माण गरिएको हो । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छवटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत रु ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । 

निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रू ४३ करोड ५३ लाख ४९ हजार ५७२ मा २०७८ असारसम्म सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए तर कोभिडका कारण केही ढिलो गरी मात्रै निर्माण कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ ।