८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियसको ह्याट्रिकमा रियलले डर्टमण्डलाई हरायो



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब रियल मड्रिडले सानदार जित निकालेको छ ।

गएराती भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ५-२ गोलले हराएको हो ।

घरेलु मैदानमा २-० गोलले पछि परेको रियलले पुनरागमन गर्दै जित निकाल्न सफल भयो । उसका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरे ।

खेलको खेलको ३० औं मिनेटमा डोनिल मालेनले तथा ३४ औं मिनेटमा जेमि गिटेन्सले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो । ६० औं मिनेटमा एन्टोनी रुडिगरले गोल गरे भने ६२, ८६ र ९०+३ मिनेटमा गोल गर्दै भिनिसियसले ह्याट्रिक पुरा गरे ।

८३ औं मिनेटमा लुकास भाजक्वेजले गोल गरे । रियल र डर्टमण्ड दुबैको ३ खेलबाट ६ अङ्क छ ।