३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती



अ+ अ-

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।

विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले आज जारी गरेको थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने जनाएको छ ।

त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमतिरूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ । यस्तै, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ ।

सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र आजदेखि लागू हुने गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभरी न्यायाधीश र कर्मचारी  गरी १२५ भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।




भर्खरै