३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो, ४५.६ प्रतिशतको समर्थन



अ+ अ-

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । 

विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम रहँदै आएको सर्भेक्षण संस्था रियलमिटरले जनाएको छ ।
राज्य सम्बन्धी व्यवहारमा मुनको आकर्षण १.३ प्रतिशतले कमी आई ४९.६ अङ्क कायम भएको सर्भेक्षणले जनाएको छ ।

त्यसैगरी मुनको सत्ताधारी दल डेमोक्रेटिक पार्टीप्रतिको समर्थन अघिल्लो साताभन्दा शुन्य दशमलब १ प्रतिशतले घटेको छ ।
दक्षिण कोरियाली प्रमुख विपक्षी दल पिपुल्स पावर पार्टीलाई पनि अघिल्लो हप्ताको तुलनामा १.२ अङ्क कमी अर्थात् २७.७ प्रतिशत समर्थन देखिएको छ ।