५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाललाई ४-० को अग्रता



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा अन्तरगत आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता लिएको छ । नेपालका लागि रेखा पौडेलले दुई तथा प्रीति राई र सबिता रानामगरले एक-एक गोल गरे ।

एकपक्षीय खेलमा सुरुवातीमै नेपालले राइको गोलबाट अग्रता लिएको थियो ।

उनले छैटौं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि हुन् ।

यस्तै, ३२ औ र ४२ औं मिनेटमा पौडेलले दुई गोल गर्दा २८ औं मिनेटमा रानामगरले एक गोल गरिन् ।