८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी
अ अ+ अ-

काठमाडाैँ । हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यताका गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटिरहेको छ । साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिदैआएको छ ।

विसं २०७८ देखि संस्थागतरुपमा अघि बढिरहेको संस्थाले जिल्लाका मात्र नभइ विभिन्न सम्भावना बोकेका तर ओझेलमा परिरहेका गन्तव्यलाई साइक्लिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको सोसाइटीको अध्यक्ष राजु थापामगरले जानकारी दिनुभयो । संस्थाले यस बीचमा हेटौँडा उपमहानगरपालिका–१७ हटिया जुरेथुमस्थित एशियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्तिको गन्तव्यदेखि ऐतिहासिक मकवानपुर गढी गोरखा दरबार लगायतका गन्तव्यको प्रवर्द्धनमा जुटेको छ ।

उहाँले भन्नुभयो, “सोसाइटीका पदाधिकारीले भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्ग रसुवागढी केरुङदेखि ठोरीसम्म चार सय किलोमिटरको साइकल यात्रा गरेका थियौँ ।” सोसाइटीले मेची–महाकाली साइकल यात्रासँगै एशियाकै सबैभन्दा बढी बली चढाइने गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायतका धार्मिक पर्यटन गन्तव्यको प्रवद्र्धन गरिसकेको छ । सोसाइटीमा आबद्ध १५० जनामध्ये ५० जना आजीवन सदस्य रहनुभएको छ । रासस