१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ४२ विपद्का घटना



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् ।

ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका छन् ।

विपद्का घटनाबाट अनुमानित रु एक करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ । यसैगरी देशभर नौ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ ।  रासस