३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ



अ+ अ-

तान्जानिया । अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गर्नु भएको छ । विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

राष्ट्रपति मागुफुलीले गएसाता आफू अर्को कार्यकालका लागि उम्मेदवार नहुने बताउनु भएको थियो । सत्तारुढ पार्टीले तान्जानियाको संसदको सबैजसो स्थान जितेको छ । संसदले तान्जानियाको संविधान संशोधन गरी दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान हटाउने बारेमा विचार विमर्श गरेकै अवस्थामा राष्ट्रपति मागुफुलीको यस्तो भनाई आएको हो ।

शपथ कार्यक्रमका अवसरमा राजधानीमा प्रहरी र सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । तान्जानियाका प्रमुख दुई दल एसिटी वाचालेन्डो र चाडिमाका नेताहरुलाई गैरकानुनी सभा र प्रदर्शन गरेको भन्दै दोषी ठहराइएको छ ।

संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकले निर्वाचन परिणामप्रति चासो देखाएका छन् । 

शपथ कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रपति मागुफुलीले निर्वाचनका अवसरमा व्यक्त प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आफू र आफ्नोे सरकारले कार्य गर्ने बताउनुभयो । उहाँले तान्जानियालाई न्यून–मध्यम–आय भएको मुलुकबाट माथि लैजाने र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  

राष्ट्रपति मागुफुलीले विपक्षीले लगाएको आरोपका बारेमा सम्बोधनका क्रममा केही बताउनु भएन । उहाँले अन्य मुलुकमा भएका निर्वाचनमा धाँधली र अराजक स्थिति देखिएको दृष्टान्त दिँदै तान्जानियामा निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण र राम्रोसँग सम्पन्न भएको बताउनुभयो । 

उहाँले रणनीतिक महत्वका परियाजनाहरु सम्पन्न गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । तान्जानियाको सबैभन्दा ठूलो वन्यजन्तु संरक्षण केन्द्र र युनेस्को विश्व सम्पदा सूचीमा रहेको स्थानमा विवादास्पद स्टिगलर गोर्ज जलविद्युत आयोजना पूरा गर्ने पनि उहाँले बताउनुभयो ।