३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीसँग मुख्यमन्त्री : ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । 

प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उहाँले प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो ।  

मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माण नहुञ्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । “रङ्गशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ ।” साथै उहाँले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कर्भडहल बनाउने योजना रहेको बताउनुभयो । 

मुख्यमन्त्रीसँग कर्णालीका खेलाडीले जिल्ला खेलकुद विकास समितिलाई न्यूनतम कर्मचारी र प्रशिक्षक राख्न बजेटको व्यवस्था गर्न, निर्वाचन क्षेत्रका लागि विनियोजित पूर्वाधार बजेटअन्तर्गत खेल पूर्वाधारलाई प्राथमिकतामा राख्न सुझाव दिए । त्यस्तै, मुख्यमन्त्रीसमक्ष खेलाडीले जिल्ला र स्थानीयस्तरमा हुने प्रतियोगिताका विजेता खेलाडीलाई समेत सरकारले पदक तथा पुरस्कार प्रदान गर्न, सुरक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरी खेलाडी पलायन रोक्न, पर्यटनसँग खेल क्षेत्रलाई जोड्नुपर्नेलगायतका माग राखेका थिए ।




भर्खरै