३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्कालाई मुवाथाइ संघको सम्मान



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ । संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

संघको संस्थापक उपाध्यक्षसमेत रहेका खड्का नेपालको पुरानो पार्टीको केन्द्रीय खेलकुद विभागमा मनोनित हुनु संघका लागि गर्वको विषय भएको संघका अध्यक्ष गणेशलाल कक्षपतिले बताए । उनले मुवा थाइसँगै समग्र नेपाली खेलकुदको विकास र विस्तारमा खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सम्मानित भएपछि खड्काले पार्टीको केन्द्रीय विभागबाट यसै वर्ष मुवा थाइको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । उनले आफू पूर्व खेलाडीसमेत रहेकाले नेपाली खेलकुदको विकास र खेलाडीको हकहितका लागि सदैव लागिपर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा संघका उपाध्यक्ष निलम अधिकारी, महासचिव राजेश महर्जन तथा सदस्यहरु भूपेश शाक्य, सन्तोष घलान, साजन माली, विकेश देउला, दीपक तामाङ, मनिष लिभीलगायतको उपस्थिति रहेको थियो ।