२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकतावद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ ।

शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले माओवादीबाट अलग भएका दलहरुले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकतावद्ध भएर देश र जनताको सेवाका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजेपनि त्यो सम्भव नभएको बताउनु भयो । उहाँले देशमा आफूहरुले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन । यो एकतावद्ध हुन्छ । यो एकतावद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौं । तर २०६४ साल जन्मिन्छ नेपालमा । तर उस्तै प्रकारले होइन । उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ । यो कुरा जनताले कहिल्यै पनि भुल्ने छैनन् । केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरुलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन् । कदापि सम्भव छैन । यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ । हामीले भनेका छौं । नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौं । यहाँ अरु कसैले पनि गर्न सक्दैन । हाम्रो दावी छ । त्यसकारण यहाँ कुरा के छ भने एकचोटी एकतावद्ध हुने हो । एकतावद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन । हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन ।’

महासचिव विप्लवले रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्छ भन्नेकुरा सम्भव नहुने पनि दोहोर्‍याउनु भयो ।