१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकतावद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ ।

शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले माओवादीबाट अलग भएका दलहरुले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकतावद्ध भएर देश र जनताको सेवाका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजेपनि त्यो सम्भव नभएको बताउनु भयो । उहाँले देशमा आफूहरुले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन । यो एकतावद्ध हुन्छ । यो एकतावद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौं । तर २०६४ साल जन्मिन्छ नेपालमा । तर उस्तै प्रकारले होइन । उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ । यो कुरा जनताले कहिल्यै पनि भुल्ने छैनन् । केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरुलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन् । कदापि सम्भव छैन । यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ । हामीले भनेका छौं । नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौं । यहाँ अरु कसैले पनि गर्न सक्दैन । हाम्रो दावी छ । त्यसकारण यहाँ कुरा के छ भने एकचोटी एकतावद्ध हुने हो । एकतावद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन । हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन ।’

महासचिव विप्लवले रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्छ भन्नेकुरा सम्भव नहुने पनि दोहोर्‍याउनु भयो ।