१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन, कडा सुरक्षाकाबीच पोखरा लगिँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन भएको छ ।

लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा लगिँदै छ । उनलाई लैजाने बाटोमा समर्थकहरुले प्रदर्शन गरेका छन् ।

लामिछानेले आफूलाई गाडि मै पोखरा लैजान अनुरोध गरेको बताइएको छ । त्यसपछि प्रहरीले पक्राउ गरेलगत्तै राजमार्गहुँदै पोखरा लगेको हो । तर राजमार्गका ठाउँठाउँमा प्रदर्शन भएको छ । प्रहरीलाई अवरोध गर्ने प्रयास पनि प्रदर्शनकारीले गरेका छन् ।

काठमाडौंदेखि नै रविको समर्थनमा प्रदर्शन भएको हो । बाटोमा पर्ने हरेक जसो बजार क्षेत्रमा समर्थकहरु सडकमा आएर प्रदर्शन गरेका छन् । उनलाई कडा सुरक्षा घेराभित्र राखेर लगिँदै छ । राजमार्गहरुमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।