२१ मंसिर २०८२, आईतवार
,
Latest
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गोरखाको रिपुम गुम्बामा आगालागी सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन, कडा सुरक्षाकाबीच पोखरा लगिँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन भएको छ ।

लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा लगिँदै छ । उनलाई लैजाने बाटोमा समर्थकहरुले प्रदर्शन गरेका छन् ।

लामिछानेले आफूलाई गाडि मै पोखरा लैजान अनुरोध गरेको बताइएको छ । त्यसपछि प्रहरीले पक्राउ गरेलगत्तै राजमार्गहुँदै पोखरा लगेको हो । तर राजमार्गका ठाउँठाउँमा प्रदर्शन भएको छ । प्रहरीलाई अवरोध गर्ने प्रयास पनि प्रदर्शनकारीले गरेका छन् ।

काठमाडौंदेखि नै रविको समर्थनमा प्रदर्शन भएको हो । बाटोमा पर्ने हरेक जसो बजार क्षेत्रमा समर्थकहरु सडकमा आएर प्रदर्शन गरेका छन् । उनलाई कडा सुरक्षा घेराभित्र राखेर लगिँदै छ । राजमार्गहरुमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।