२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया

त्रिशूलीमा छालसँगको भलाकुसारी

त्रिशूलीमा छालसँगको भलाकुसारी
अ अ+ अ-

नारायण ढुङ्गाना
सिद्धलेख (मलेखु) । देशकै व्यस्त राजमार्गमास्थित नारायणगढको किनारैकिनार धादिङको गल्छीसम्म त्रिशूली नागबेली बग्छिन् । मुग्लिन हुँदै काठमाडौँको सडक यात्रामा हुइँकिँदा देखिने त्रिशूलीलाई नजीकबाट छाम्न भने बलौटे बगरमै पुग्नुपर्छ । मुलुकको महत्वपूर्ण शहर काठमाडौँ, पोखरा, चितवनबीचको मनोरम भूभाग त्रिशूलीले ओगटेको छ । पहाडैपहाडमा बनेको राजमार्ग छेउमा आफ्नै लयमा बग्ने त्रिशूली पर्यटनको अपार सम्भावनास्थल हो । यहाँको जलक्रिडा विश्वमै प्रख्यात छ । ठाउँठाउँमा नदीमाथि उर्लिएको छालसँग भलाकुसारी गर्ने धोको पूरा गराउन अचेल त्रिशूली हरदम तयार छ । 

काठमाडौँ निवासी घनश्याम रिजालले पनि निकै लामो समयदेखि सँगालेको धोको शनिबार समूहगत रुपमै पूरा गर्नुभयो । नदी पस्नुअघि के होला, कसो होला भनेर जलयात्रीको मुहारमा द्विविधा झल्किन्थ्यो । त्यसमाथि ¥याफ्टिङ रिभर गाइडले अलिकति डर र अलिकति साहसिक वस्तुस्थिति र सुरक्षाका बारेमा जानकारी गराएपछि झन् अन्योलता छायो । जब यात्रा शुरु भयो यात्रीको द्विविधा खुसीमा परिणत भयो । सबैले नदीसँगको मजा लिन थालिहाले । “छालसँग खेल्दाको रमाइलो क्षण कहाँ भुल्नसक्नु, पानीमाथि तैरिँदा प्राप्त हुने पानीका फोकाको स्पर्श कम्ता मजा हुन्न”, रिजालले खुसीको बहार सुनाउनुभयो । पहिलोपहिले देखेको जलयात्राको अनुभव उहाँले यसपटक आफैँले सँगाल्नुभयो ।

शनिबार रिजालसहित ३५ जनाको नेतृत्व गोल्डेन आई ग्रुपसँग आबद्ध अरुण सिलवालले गर्नुभएको थियो । सधँै नयाँनयाँ साहसिक पर्यटन रुटको खोजीमा लाग्ने सिलवाल भन्नुहुन्छ, “यसअघि धेरै ठाउँमा गरिएको जलयात्राभन्दा शनिबारको निक्कै रोमाञ्जक भयो, अबको प्याकेज त्यहीँ हाल्छु ।” उहाँसँग अन्य व्यवसायीहरु चितवन, काठमाडौँ, मकवानपुर र दोलखाबाट आउनुभएको थियो । अविस्मरणीय त्रिशूली जलयात्रामा व्यवसायीहरु समीर पाण्डे, प्रदीप विंडारी, सन्देश विंडारी, रमेश सिलवाल, प्रतिभा पाण्डे, मोडल अमित पललगायतले भरपुर मनोरञ्जन लिनुभयो ।

कहिले नदीका छालसँग भलाकुसारी त कहिले पौँठेजोरी नै खेल्नुपर्छ । राम्ररी चलाउन सकिएन भने छालले जित्छ, अनि नदीमा खस्ने सम्भावना पनि छ, तर आत्तिनुपर्ने अवस्था छैन । नदीमा खसी हाले पनि सुरक्षामा धेरै उपाय छन् । “पौडिन नजान्नेहरु पनि डराउनु पर्दैन”, ढुक्कले जलयात्रा गर्न आश्वस्त पार्दै ¥याफ्टिङ रिभर गाइड मीनकुमार गुरुङले भन्नुभयो, “कोही मान्छे डुब्ने चान्स नै हुन्न, हामी तत्कालै उद्धार गरिहाल्छम् ।” यात्राको शुरुमा लाइफ ज्याकेट लगाउनु अनिवार्य छ । त्यसले मानिसलाई पानीमा डुम्न दिँदैन । टाउको जोगाउन हेल्मेटको प्रयोग हुन्छ । आवश्यक सावधानीका डोरी, र्याफ्टिङ एम्बुलेन्स, कायक साथमा हुन्छ । केही भइहाल्यो कि तत्कालै उद्धार गर्न सक्ने तयारीका साथ अनुभवी टोली परिचालन भएका हुन्छन् ।

शनिबारको जलयात्राको नेतृत्व एड्भेन्चर एप्स नेपालका नदी पथप्रदर्शकले गरेका थिए । मीनकुमारको नेतृत्वमा डुङ्गामा थिए विनोद गुरुङ, जीवन रानामगर, मनोज गुरुङ, सञ्जीव गुरुङ । कायकिङमा सागर त्रिपाठी र हिमाल गुरुङ तथा डकिमा अमृत मगरको पथप्रदर्शक टोली सहभागी थियो । नेपालमा जलयात्रा गराउने यस्ता कम्पनी झण्डै ४० छन् । कालीगण्डकी, कर्णाली, सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, सेती, दूधकोशी, त्रिशूली र तमोरलगायतमा जलयात्रा हुन्छ । यद्यपि मुलुक कै केन्द्रविन्दु र राजधानीबाट नजीक तथा सुरक्षाका सबै उपाय अपनाउन सजिलो भएकाले सबैको रोजाइमा त्रिशूली हुने गरेको छ । जति बेगमा पानी दौडिन्छ, त्यति नै ¥याफ्टिङको मजा हुन्छ । छालसँग भलाकुसारी गर्दै सँगसँगै उफ्रिएर प्राप्त हुने आनन्द कसैले भुल्न सक्दैनन् । पथप्रदर्शकले बेलाबेलामा प्याडल हाइफाइ गराएर खुसी थपिदिन्छन् । 

यात्राका क्रममा गीत सङ्गीतको धुनमा रमाउनेदेखि पानी छ्यापाछ्याप गरेर मजा लिन पर्यटक औधी मन पराउँछन् । कतिपय डुङ्गाबाट हाम्फालेर बग्दै गरेको पानीमा पौडीको मजा लिन तम्सिन्छन् । सहभागी सबैले प्याडल चलाउनुपर्ने भएकाले रमाइलोका बीच थकान बिलाएर जान्छ । बीचमा विश्राम लिँदा नदी किनारको तातो बालुवामा उलटपुलटको मजा बेग्लै हुन्छ । बालुवामा लुकामारी गर्दै एक अर्कालाई टाउको मात्रै देखाएर पुर्नु अर्को रोमाञ्चक क्षण बनिदिन्छ । शनिबार त्यही क्षत्र यत्रतत्र थियो । जलयात्रामा नदीको अवस्था, दूरी, समयअनुसार शुल्क फरकफरक हुन्छ । मलेखुबाट जवाङखोलाको झण्डै २५ किलोमिटरको एउटा रुट छ । त्रिशूलीमै पनि यस्ता रुट धेरै छ । रमाउँदै जाँदा करीब चार घण्टामा यात्रा टुङ्गिन्छ । पर्यटकको चाहनाअनुसार थप्न पनि सकिन्छ । 

काठमाडौँका जलयात्रा गराउने कम्पनीले विदेशी पर्यटकलाई प्याकेजमा विभिन्न नदीमा लैजान्थे । कोभिड–१९ का कारण गत वर्षको चैतमा भएको बन्दाबन्दीपछि विदेशी पर्यटक ठप्प छन् । बन्दाबन्दी हटेर जनजीवन सामान्य हुन थालेपछि नेपाली पर्यटक थपिन थालेका छन् । यही दशैँको आपसापबाट भने नदीमा जलयात्रा गर्नेको लर्को लाग्न थालेको धादिङको मलेखुस्थित सिद्धलेख गाउँपालिका–४ मा रहेको रिभर पार्कबीच रिसोर्टका सञ्चालक राममणि सिलवाल बताउनुहुन्छ । त्यही रिसोर्टबाट जवाङखोला÷मौवा खोलासम्मको जलयात्रा रोमाञ्चकारी पनि छ । जलयात्राका लागि शनिबार त्रिशूलीमा सयौँ मानिस जम्मा भए । यहाँ चार डुङ्गामा ३५ जनाले एकै पटक ¥याफ्टिङ गरे । झण्डै चार घण्टाको यात्रा भयो । यसको प्याकेज एक छाक सादा खानासहित प्रतिव्यक्ति रु एक हजार ५०० रहेको सञ्चालक सिलवालले जानकारी दिनुभयो । 

मलेखुमा और्लिएपछि बीच रिपोर्ट पुग्न त्रिशूलीमा मोटरबोटको व्यवस्था हुन्छ । उक्त रिसोर्टमै बसेर थप मनोरञ्जन लिन अर्को दुई हजार ५०० थप लाग्छ । अलि सस्तो प्याकेज टेन्टमा बस्दा हुन्छ । त्रिशूलीमा अन्य कम्पनीले विभिन्न गन्तव्यस्थलबाट सयौँलाई र्याफ्टिङ गराउने गरेका छन् । जलयात्रामा मानिसको मोह पुनः बढेपछि कोरोनाका कारण बन्द भएका यहाँका झण्डै दर्जन होटल, रिसोर्ट धमाधम खुल्न थालेको छ । प्रायः शुक्रबार र शनिबार जलयात्राका लागि सयौँ मानिसको भीड हुन थालेको छ । यात्राका क्रममा त्रिशूली रिभरसाइडबाट आएको झण्डै १०० जना जलयात्राको ठूलो टोलीसँग जम्काभेटसमेत भएको थियो । उनीहरु पनि त्यसैगरी रमाइरहेका थिए । राजधानी नजीक, राजमार्गको छेउ, उद्धार गर्न सजिलोलगायत कारणले पनि त्रिशूली सबैको रोजाइमा पर्ने जलविहार क्रिडास्थल रहेको व्यवसायीहरु बताउँछन् । वर्षमा एक लाखभन्दा बढीले यहाँ जलयात्रा गर्ने गरेको अनुभव यहाँका पर्यटन व्यवसायीको छ । विसं २०४२ ताकाबाट नै यहाँ जलयात्रा प्रारम्भ भएको थियो ।

नदीजन्य पदार्थको उत्खननले भने त्रिशूलीको पानीमा असर गरिरहेको छ । जसका कारण जलयात्रीलाई खिन्न बनाउने गरेको छ । शनिबार पनि धमिलो पानीमै जलयात्रा चलेको थियो । पानीभित्र यन्त्र लगाएर गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्दा पानी धमिले हुने र धारसमेत परिवर्तन हुने गरेको छ । यसका साथै सरसफाइ अर्को चुनौतीका रुपमा देखिने गरेको छ । सिद्धलेख गाउँपालिका–४ का अध्यक्ष रामहरि बराकोटी यहाँको पर्यटन विकासका लागि जलयात्रा उत्कृष्ट गन्तव्य हो भन्नुहुन्छ । त्यसैले गाउँपालिकाले त्रिशूली नदीलाई सफा राख्न र जलयात्रालाई व्यवस्थित बनाउने अभियानलाई तीव्र दिएको उहाँ बताउनुहुन्छ ।