पोखरा । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा भित्रिने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। आपराधिक गतिविधि नियन्त्रण तथा लागुऔषध र विस्फोटक पदार्थको ओसारपसार रोक्न प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक जाँचलाई तीव्र पारेको हो।








