१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

निक्षेपको ब्याज छ प्रतिशत कायम गर्न माग



अ+ अ-

विराटनगर । चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार सङघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएको छ । 

उक्त सङ्घलगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याजवृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरिहपन देखिएको,  कूल निक्षेपको रु १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नाका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो । 

सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने सङ्घका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो । अर्का व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो होइन भन्नुभयो ।