४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

जो वाइडेन विजयी हुदा नेपालीहरु यसकारण खुशी छन्

जो वाइडेन विजयी हुदा नेपालीहरु यसकारण खुशी छन्
अ+ अ-

विश्वले लगभग अनुमान गरेजस्तै अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएका छन् । पछिल्लो समयमा र अझ त्यसमा पनि कोरोना भाइरसको प्रकोपले अमेरिकालाई सताएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको व्यवस्थापनका साथै अरु पनि केही विवादास्पद निर्णयहरुका कारण ट्रम्प विवादास्पद बन्दै गएपछि यो परिणामको अनुमान अमेरिका सामान्यतया गरिएकै हो । त्यसमा पनि अमेरिकामा रहेका नेपालीहरुको त यो आशा नै थियो जसले गर्दा उनीहरु खुशी नै भएका छन् । नेपाली मात्र नभएर यहाँ रहेका अरु समुदाय तथा आप्रवासीहरुले पनि यसरी नै खुशी मनाएका छन् । तिनै आप्रवासीहरुमा नेपाली अमेरिकन पनि स्वभावतः छन् । खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, वन्दूक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयहरुमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यवद्धता जनाउदै आएका छन् । 

सन् २०२० को चुनावमा यी विषयहरु ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति वनाउने विषयले प्रमुखता पाएको यथार्थ छ । “जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ” वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट ह्यारी भण्डारीले भन्नुभयो “अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।” भण्डारीले आप्रवासी अभिभाभवकवाट जन्मिनुभएकी उपराष्ट्रपति कमला ह्यारीसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको वताउनुभयो । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । 

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टिपीएस) बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकको लागि सहजीकरण गर्ने विधयेक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब दश हजार नेपालीहरु लाभान्वित हुनेछन् ।  अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्नुहुन्छ । 

जिसीले कतिपय आप्रवासन सम्बन्धी कानूनको पुनरावलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गर्नुहुन्छ । खासरी टिपिएस, डाकाजस्ता कार्यक्रमहरुमा वाइडेन प्रशासनले लचिलो नीति अंङ्गिकार गर्ने विश्वास लिएको जिसीले बताउनुभयो । उहाँले भन्नुभयो “पछिल्ला दिनहरुमा आप्रवासन सम्बन्धी मुद्दाहरुमा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।” अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्वन्धमा नयाँ उचाई हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुर्नस्थापित गरेको प्रतिक्रिया दिनुभयो । अमेरिकाले ग्लोबल रुपमा आफनो नेतृत्वदायी भूमिका पुर्नस्थापित गर्दै अगाडि वढ्न नयाँ रणनीति अंगिकार हुने शर्मा वताउनुहुन्छ । 

अमेरिकामा रहेका नेपालीहरु नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाई छ ।  
अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन र ह्यारिसको विजयले व्यवसायीहरुमा उत्साह थपिएको प्रतिक्रिया दिनुहुन्छ । पण्डित भन्नुहुन्छ  “नवनिर्वाचित राष्ट्रपति वाइडेनले कोरोना भाइरसको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नुहुनेछ यसले लगानीकर्ताहरुको मनोवल थप उँचो बनाउने छ ।” 

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनस्र्थापनाको चरणमा प्रवेश गर्ने थियो । उहाँ सन् २००८ को वित्तीय सङ्कटको बेलामा ओवामा प्रशासनको मातहतमा रहेर वाइडेनले खेल्नुभएको भूमिकाको स्मरण गर्दै भन्नुहुन्छ “अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै वाइडेन हो ।” पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी वनाउन वाइडेन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको वताउनुहुन्छ । 

अमेरिकामा रहेका नेपालीहरुले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न वाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् ।  
अमेरिकाको ४६ औँ राष्ट्रपति वन्नुभएको जो वाइडेनले आफनो अनौपचारिक रुपमा सोमवारबाट कामको थालनी गर्नुहुने भएको छ । यसको लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणको लागि थप कदम चाल्नुहुने बताइएको छ ।

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ । विगत २८ वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो वाइडेनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्ष निर्वाचनमा ७ करोड ५४ लाख ९ हजार ३ सय १० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मतसहित ७ करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गर्नुभएको छ । अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैंन । नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफनो कार्यभार सम्हाल्नुहुनेछ । त्यसअगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न कामहरुमा सहभागी हुनुहुनेछ ।