काठमाडौ । सुनको मुल्य मंगलवार तीन हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यसायी महासंघका अनुसार सोमबार ९८ हजार दुई सयमा कारोवार भएको छापावाल सुन मंगलबार बजार खुल्दा ९४ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।
यस्तै तेजावी सुनको मूल्य ९४ हजार तीन सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि प्रतितोला ७० रुपैयाँ घटी १२ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
कोरोना विरुद्धको खोप प्रभावकारी रहेको समाचारको प्रभाव सुन बजारमा देखिएको आकंलन गरिएको छ ।








