• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

लागुऔषध सहित तीन पक्राउ



प्रतीकात्मक तस्बिर

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।